ब्लग

त्यस बखतको हाम्रो दशैँ

विजयादशमी भगवान रामको विजयको रुपमा मनाइने गरिने अथवा दूर्गा पूजाको रुपमा वा दुवैका रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथिको रुपमा मानने गरिन्छ।विजयादशमीको दिन महिषासुर राक्षसको वध, दूर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई वध गरेको खुसियालीमा नवदूर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलनका साथ घटस्थापना देखि सुरु हुने भए पनि एक महीना पहिलेदेखि चहलपहल चलने गर्दछ। पहिले पहिले त अझ हाम्रो नेवारी समाजमा मोहनी नखा: मानने चलन छ। जहाँ चिउरा मासु खाने, टाढा टाढाका आफ्ना घरका परिवार सँगै बसेर मानने गरिन्थ्यो।

मोहनी नखा:लागे पछि पहुना बस्न जान नहुने भन्ने चलन पनि थियो, घर परिवार सँगनै चुलो छूटेको भए पनि दशैँका बेला सँगै बस्नु र खानु पर्ने चलन छ। दशैँमा उ बेला हाम्रा घर समाजनै छुट्टै रौनक देखिन्थ्यो। मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाऊँ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यहि दशैँमा गरिन्थ्यो। रातो माटोले लिपेका घर होस् या कमेंरोले पोतेको घर होस् छुट्टै सफा र एक रूपता देखिथ्यो। टाढा भिर पखेरामा राति नै उठेर रातो माटो,कमेरो लिन जानेको भीड देखिन्थ्यो जसका कारण दशैँ आउन लागेको संकेत प्रस्ट थाहा हुने गर्थ्यो।

अझ भन्नु पर्दा स्कूलमा समेत सबै जना विद्यार्थीहरु मिलेर स्कूलमा समेत लिप पोत गर्ने, रंग लगाउने गरेको हिजो जस्तो लाग्छ।त्यों बेला पढ़ने बेला खुला चौरमा पिङ खेल्दै गर्दै गर्दा अलग्गै अनुभव हुने गर्दथ्यो र त्यस बखत ठूलाठूला घर नभएर खुला चौरमा गएर चंगा उडाउने र कसको चंगा कहाँसम्म पुग्यो भनेर हेर्ने गरिन्थ्यो त्यसले छुट्टै मज्जा र चाड पर्व आएको आभाष दिने गर्थ्यो।

यस्तो महान चाड दशैँ आउने स्कूल विदा दिने हुँदा होमवर्क समेत धेरै शिक्षकले दिने गर्थे तर छिटो छिटो होमवर्क सकेर खेल्न जाने, डुल्ने भन्ने मनमा कौतूहलता लागेर होला मननै फुरुङ्ग हुने गर्दथ्यो। तर आजकलको दशैँ सीमित घर र इंटरनेटको जमानाले गर्दा त्यो खालको रमाइलो पन कताकता कम भएको महसूस हुने गर्दछ। अझै दशैँ नाममा मात्र सीमित देखिन्छ।

गाउँका ती पाखा पँधेरा, पखेरा कन्दराहरु, कोट र भञ्ज्याङका देउरालीहरुमा त्यों बेला रेडियो नेपालमा गुँजिने माला श्री धुन टाढाटाढा बाट बजेको सुन्दानै दशैँ आएको थाहा हुन्थ्यो।गाउँ पूरा रमाइलो नै लाग्थ्यो बजार सब सुनसान यसलेनै दर्शाउने गर्थ्यो। आफ्नो गाउँमा दशैँ आयो र अझ लाहुरेहरु छुट्टी मनाउन आफ्नो घर आऊँदा होस् या  सहरमा व्यवसाय गर्ने र पढ्ने विद्यार्थी गाउँ आऊँदा होस्। गाउँनै गाउँको देशमा गाउँलाई राज्यले सधैं उपेक्षा गरेको भन्ने गुनासो भैरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दशैँले कहिल्यै उपेक्षा गर्न सक्दैन। बजार भन्दा कयौँ गुणा आनंद त्यो गाउँमा त्यस बखत देखिने गर्थ्यो। समय र आधुनिकीकरण सँगै आजकल यस्ता चाडपर्व लोप भएकोमा दुःख लाग्दछ।

दशैंको साँस्कृतिक पक्ष पनि छ बलि दिने,घरमा रहेका धातु फलाम पूजा गर्ने, हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक पनि रहेकाले हर्ष उल्लास तरिकाले मानने गरिन्छ। ठूलाबडा मान्यजनको आशिर्वाद लिने टिका जमरा थापन टाढा टाढा सम्म पुगेर राति एक्लै बसी कति पैसा उठ्यो भनेर गन्ने गर्दा मन अति खुसी हुने गर्थ्यो। जसले धेरै दिन्छ उसकोमा अर्को दशैँमा टीका लगाउन जाने खालको परिपाटीनै बस्थ्यो। नयाँनयाँ कपड़ा लगाएर आफ्ना वरिपरि साथीसंगी भेट्ने र दशैँमा राम्रो फिल्म लगाऊँछ भनेर फिल्म हेर्न जाने गरिन्थ्यो। आजकल यो सब हराई सकेको छ।

यो हरेक वर्षको एकचोटी मनाउने गरिन्छ। यो चाडलाई राष्ट्रिय चाड पनि भन्ने गरिन्छ। हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिकोआराधना गरि दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् सामाजिक, सांस्कृतिक, धार्मिक चाडपर्वले भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको प्रतिक हो भनेर भन्दा फरक पर्दैन त्यसैले एक आपस रिस घमन्ड त्यागी परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै नयालाई सिकाउँदै यो महान चाड दशैँको शुभकामना।

तपाईँको मत