स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, एककाे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १ पुगेको छ ।

बुधबार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार १९४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा देशभर २ हजार ४८५ पीसीआर तथा १ हजार ४३५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत