माधव नेपाल र प्रचण्ड शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गए : भट्टराई
- गाउँ सहर संवाददाता
- ५ भदौ आइतबार, २०७९ | १४:४१:०० मा प्रकाशित
रामेछाप । नेकपा एमालेका सचिव योगेश भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठवन्धन जाेडिनु भनेकाे कमलरी र कमारा बस्न गएकाे भन्दै कटाक्ष गरेका छन् ।
नेकपा एमाले मन्थली नगर समितिबाट आयोजना गरिएकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आईतबार मन्थली आईपुगेका भट्टराईले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमा कमलरी बस्न गएकाे कटाक्ष गरेका हुन् ।
सचिव भट्टराईले भने- ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भएपनि माधव जी र प्रचण्डहरु शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन् देउवाकहाँ कमलरी र कमारा बस्नेसँग एमालेको गठवन्ध हुन सक्दैन ।’
उनले वर्तमान सरकारले बलजफ्ती संसदबाट पारित गरेको नागरिकता कानुन एमालेको बहुमतको सरकार आएपछि परिवर्तन गर्ने पनि बताए ।
प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले मंसिरपछि एमालेको सरकार आउने दाबी गर्दै राष्ट्रपतिले संसदमा फिर्ता गरेको नागरिकता विधेयकलाई देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए ।
नागरिकताको सवाल राष्ट्रियतासँग जाेडिएकाे उल्लेख गर्दै राष्ट्रिय सहमति बनाएर जाउँ भनेर एमालले भन्दा गठबन्धन दलहरू नमानेकाे बताए ।
वर्तमान गठवन्धनको सरकार विचार नमिल्नेहरुको समूह भएको पनि बताउँदै भदौभित्रै एमालेको घोषणा पत्र आउँने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्राप्त प्रतिक्रिया
एकदमै सहि कुरो
Achel chhoraharule baulai ya ta bridha asram pathaune was gharbat nikalne garchha bhane ko Sancho rahechha hahaha
प्रतिकृया दिनुहोस