गाउँ सहर

मकवानपुरगढी र आसपास अति भारी वर्षा मापन , सतर्क रहन अनुराेध

काठमाडाैँ । साउन २० दिउँसो ४;३० बजेकाे जल तथा माैसम विभाग नेपाल बाढी सूचनाका अनुसार पछिल्लो १ घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी र आसपास अति भारी वर्षा मापन भएको छ । मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोला लगायत आसपासको स-साना खोलामा आकस्मिक बहाव हुन सक्छ भन्दै उसले सतर्क रहन अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता