राजनीति

मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले गर्‍याे स्वागत

काठमाडाैं । सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले स्वागत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै स्वागत गरेका हुन्।
 
नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताएका छन् । 

नव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ । 

गाउँ सहर संवाददाता