नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न
- गाउँ सहर संवाददाता
- १६ श्रावण सोमबार, २०७९ | १६:३७:०० मा प्रकाशित

साैराहा, चितवन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । “A Bounce Back Year 79/80” नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । संचालक बिमल प्रसाद ढकालले मानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।
सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस