अगष्ट १ तारिखदेखि अगस्ट ७ तारिखसम्म स्टडी इन इण्डिया एडमिसन विक आयोजना
- गाउँ सहर संवाददाता
- १५ श्रावण आइतबार, २०७९ | १९:४२:०० मा प्रकाशित
काठमाडाैँ । सन् २०१६ मा स्थापना भई स्टडी इन इण्डिया प्रवर्द्धन गर्दै आइरहेको जे आर एजुकेसन ग्रुपले यही अगष्ट १ तारिखदेखि अगस्ट ७ तारिखसम्म (श्रावण १६ देखि २२ सम्म) स्टडी इन इण्डिया एडमिसन विक आयोजना गर्न गइरहेको छ ।
यस स्टडी इन इण्डिया एडमिसन विकमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, शुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भिभि आई टी, भाई गुरुदास ग्रुप अफ इन्स्टिच्युसन, सीटी युनिभर्सिटी लगायतका शैक्षिक संस्थाहरुले एडमिसन विकमा भाग लिनेछन् ।
एडमिसन विकमा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल हस्पिटालिटी, नर्सिङलगायत विषयमा विद्यार्थीहरुले प्रत्यक्ष विश्वविद्यालय, कलेज र इन्टिच्युटहरुको प्रतिनिधिसंग साक्षात्कार गराउने भएको छ । उक्त एडमिसन विकमा भाग लिन हुने विद्यार्थीहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
साथै विश्वविद्यालयका टिमबाट एकेडेमिक सर्टिफिकेटको आधारमा इन्स्टिच्युसनल स्कलरसिप समेत प्राप्त गर्न सक्नेछन् । एडमिसन विक विहान १० बजेदेखि साँझ ५ बजेसम्म माइतीघरस्थित जे आर एजुकेसन ग्रुपमा सञ्चालन हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस