सडक/यातायात

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा । झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार सुरूङ्गाबाट गइरहेकाे मे १ च १६५४ नं काे एम्बुलेन्सले स्कुटरमा ठक्कर दिँदा साे दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी राजेश कार्कीकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ । सवार अर्की उनकी श्रीमति सर्मीलाकाे नाेबेल अस्पतालमा उपचार भइरहेकाे छ ।

एम्बुलेन्स चालक जिल्ला झापा बिर्तामोड १० बस्ने वर्ष ४६ को चन्द्र बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

गाउँ सहर संवाददाता