सडक/यातायात

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कमल गापा ६ का राेशन काेइरालाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

गुवाबारी स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १ ह २४२३ नं को सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।

घाइतेहरूकाे उपचार भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता