सापारुको तयारीमा संस्कृतिकर्मीहरूको भेला
- गाउँ सहर संवाददाता
- ५ श्रावण बिहीबार, २०७९ | २१:०३:०० मा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ ।
नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउनुहुँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए ।
उनले यो वर्षको सापारुमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताउँदै गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रमा अगाडि बढेको देशको प्रगति पनि छिटो हुने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र सरसफाईलगायतका क्षेत्रमा देशकै लागि उदाहरणीय रुपमा काम गरिरहेको अवगत गराए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृतिक परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउनुहुँदै यसको संरक्षण र प्रवद्र्धनमा सिंगो नगरलाई एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताए ।
भेलामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै गरेको गाठामग चह्रे र सापारुमा आउन सक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशंसनीय रहेको, नयाँ कलाकारहरुलाई परम्परागत नाँच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल तारहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका धारणाहरु व्यक्त गरिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस