सुस्त सुस्त बढ्दैछ दिनहुँ शेयरबजार, लगानीकर्ताकाे मनाेबल उच्च हुँदै
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १५:२३:०० मा प्रकाशित
काठमाडौं । शेयरबजार साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १८.०३ अंकले बढेर दुई हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
- कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदै
प्रतिकृया दिनुहोस