शुभाशिष बाबू : विद्रोहदेखि नेतृत्वसम्म
- डा. रेणुका साेलु
- २१ असोज बुधबार, २०८३ | २०:२१:०० मा प्रकाशित
राजनीति शुरुवातिदेखि नै तिमीले भोगेको सङ्घर्षको कथा लेख्ने हो भने महाकाव्य तयार हुन्छ । त्रिचन्द्र क्याम्पसको विद्यार्थी राजनीतिदेखि नै कतिपय आफ्नै शीर्ष नेताहरूको आँखाको तारो बनेका तिमी नेताको निगाहामा होइन जनताको मनमुटुमा बसेर यहि बलमा अगाडि बढिरह्यौ । त्यो कहालीलाग्दो विगत सम्झँदा अहिले पनि हृदय दुख्छ बेस्सरी ।
तर एउटा कुरामा अत्यन्तै गर्व लाग्छ कि तिमीलाई तान्ने आफन्त, नातागोता कोहि पनि राजनीतिको अग्रस्थानमा नभएको र शिर्ष नेताहरूले लखेटिरहेको चुनौतिलाई चिर्दै आफ्नै बलबुँतामा यो स्थानसम्म आइपुगेका हौ । यसर्थ पनि तिमी कोहि कसैले टीका लाएर वा दया गरेर बनाएको नेता नभएर आफैनै कर्मले जनताको मन जितेर बनेको नेता हौ । यो कुराले हृदय अत्यन्तै प्रफुल्लित हुन्छ सधैँ ।
यसर्थ देशको मात्रै होइन विदेशको समेत आशा, भरोसा र विश्वासको नेता हौ तिमी । यो विश्वासलाई ओझेल पर्न नदिनू, बरू यो विश्वासलाई अझै अग्लो बनाउने कर्म गर्नू, घर परिवार, आफन्त, शुभचिन्तक सबैले सदैव गौरवान्वित हुने वातावरण बनिरहोस्, तिम्रा कर्मले हामी सबैको शीर सगरमाथा जस्तै अग्लिरहोस्, यो ऐतिहासिक सफलताका लागि काकीहृदयभरिको बधाई अनि शुभाशिष बाबू ।
विद्रोहदेखि नेतृत्वसम्म
विद्यार्थीको त्यो भिडबाट उठेको स्वर,
पेल्दा पनि नपेलिने एउटा अडान,
पार्टी भित्रै प्रश्न गर्ने साहस बोकेको,
त्यो नाम हो - गगन थापा ।
शिर्ष भनिएकाहरूको छायाँले छेक्न खोज्दा पनि,
आफ्नै बाटो आफैँ खनेर हिँड्यौ,
गुटको होइन, विचारको राजनीति गर्ने,
युवा मनको आशा बनेर उभियौ ।
आज त्यो संघर्षको एउटा मोड आयो,
महाधिवेशनको त्यो घडीमा,
निर्विरोध, सबैको मन जितेर,
सभापतिको कुर्सीमा नाम लेखियो ।
यो जित पदको मात्र होइन,
विद्रोहले जितेको विश्वास हो,
कांग्रेस भित्रको परिवर्तनको,
नयाँ बिहानीको आभास हो ।
प्रतिकृया दिनुहोस