जब जनप्रतिनीधि र कर्मचारीलाई बाँधेर मन्दिर लगियाे...
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | २०:५३:०० मा प्रकाशित

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन् ।
आफूसहित पूर्वसांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडानम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलगायतलाई गाउँलेले बाँधेर मन्दिर लगेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।
पानी नपरेर पिरमा परेका किसानले उनीलाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको हाे ।
बाँधेर मन्दिर लगिएका जनप्रतिनिधिले स्वच्छ मनले पुजा अर्चना गरे भगवान खुसी भएर पानि पार्ने विश्वासमा यस्तो गरिएको सरावल गाउँपालिकाका अध्ययक्ष चौधरी बताउँछन् ।
जब जब असार महिनामा पानी पर्दैन, तब तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ । अगुवाले स्वच्छ मनले पुजा गरेमा पानी पर्ने विश्वासले स्थानीयले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लएर पुजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताए ।
तीनदिनसम्म पुजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने विश्वास छ ।
अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा आफूले भोगेको बताउँछिन् स्थानीइ रामरति चौधरी ।
पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । मल बेलामा नपाएका किसान यति बेला पानी नपर्दा थप पीडामा परेका छन् । रोपाईँ सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ । किसान चिन्तित देखिएका छन् । खडेरीले माटो सुक्दा खेतमा धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाईँ सुरु गरेका किसान आकासे पानीको भर पर्दा र बैकल्पिक सिचाईँको व्यवस्था नहुँदा रोपो सुक्न थाल्दा यस वर्ष धान उत्पादनमा कमी आउने होकी, लगानी पनि नउठ्ने होकी भन्ने कुराले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।
अघिल्लो वर्ष बाढी डुबानका कारण धान उत्पानदनमा क्षति भएपनि पछिल्लो समयमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रका पश्चिम नवलपरासीका प्रमुख शिव अर्याल दाबी छ । यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाईँ भएको अर्यालले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस