काठमाडौं महानगरपालिका वडा ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | १९:५५:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा मागका रुपमा आएका सवालहरुलाई वडाले सम्बोधन गर्नुपर्ने बताए । कतिपय प्रश्नको आफैँ उत्तर दिन सक्छ । कतिपय सवालहरुका सन्दर्भमा समन्वय गर्नुपर्ने हुन्छ । वडाबाट यो काम हुन्छ भन्नेमा मैले विश्वाश लिएको छु । संसद सदस्य थापाको भनाइ थियो ।
उनले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सडक पेटी, घरेलु फोहोर र ट्राफिक व्यवस्थापन, पर्यटनजस्ता क्षेत्रसँग युवाका नविन सोचको सम्बन्ध स्थापना गराउन आफू क्रियाशील भएर काम गर्ने बताए ।
‘वडाको समृद्धिका लागि हामी युवाहरुको साथमा अगाडि बढ्ने योजनामा छौँ । वडाबाट वितरण हुने सेवा तथा सुविधा सबै वडाबासीको समान पहुँचमा पु¥याउन युवाको साथ र सहभागिता आवश्यक छ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वडाध्यक्ष बिमलकुमार होडाले, युवाहरु के सोच्नुहुन्छ भन्ने विषयमा जानकारी लिन उहाँहरुलाई डाकेर कार्यक्रम गरिएको बताए । कार्यक्रममा व्यक्त धारणा र सोचलाई वडा व्यवस्थापनमा उपयोग गरिने बताए । स्वास्थ्य, शिक्षा र पूर्वाधार सुधारका लागि काम गर्ने वडाध्यक्ष होडाको भनाइ थियो ।
.jpg)
कार्यक्रममा वडा क्षेत्रको विकास तथा व्यवस्थापनका लागि सक्रिय युवाहरुले आफूले गरिरहेको काम, त्यसबाट प्राप्त नतिजा र दिगो उपयोगका लागि वडाबाट गरिएको अपेक्षा विषयमा प्रस्तुतिकरण गरेका थिए । उनीहरुको प्रस्तुतिमाथि सहभागी युवाहरुले प्रश्न तथा जिज्ञासा राखेका थिए । ती सवालहरुका विषयमा प्रस्तुतकर्ता, वडाध्यक्ष र संघीय संसद सदस्यले उत्तर दिएका थिए ।
कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या र समाधानका उपाय, शारीरिक स्वास्थ्य जाँच र उपचार, खानेपानी र सडकमा बेचिने खाद्य बस्तुको गुणस्तर, फोहोरमैला व्यवस्थापनजस्ता विषयमा प्रश्न आएका थिए । यसै गरी लोक सेवा आयोगबाट सेवामा प्रवेशको बाटो, पर्यटन र उद्यमशीलताजस्ता विषयमा युवाहरुको सहभागिता खोजिएको थियो । वडाले सस्तो पसल खोल्नु पर्ने, सडक व्यापारलाई नियन्त्रित र गुणस्तरीय बनाइनुपर्ने, पैदल मार्ग निर्वाध हुनुपर्ने, वडाको कुन ठाउँमा कुन निकायले के काम गरिरहेको छ? यदि कसैले जानकारी लिन चाह्यो भने सजिलै प्राप्त गर्न सकिने संयन्त्र हुनुपर्ने युवाहरुको माग थियो ।
कार्यक्रममा वडा सदस्यहरु उज्जल अर्याल, सुरेश शाही र कल्पना सुन्दासलगायत जनप्रतिनिधिहरु सहभागी थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस