कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ६.१९ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | २०:१७:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) अर्ध–वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) अनुसार आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तको तुलनामा आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार कर्णाली प्रदेशमा जम्मा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा सञ्चालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार २ सय ४८ पुगेको छ ।
समीक्षा अवधिमा भारत, चीन लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको संख्या क्रमशः ९.२३ प्रतिशत, २५.७८ प्रतिशत र २१३.३८ प्रतिशतले वृद्धि भएको छ । विगत केही वर्ष यता कोभिड–१९ लगायत अन्य कारणले कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्यप्राय रहेकोमा हालको अवधिमा तेस्रो देशबाट पनि पर्यटक आउन थालेको कारण सो संख्याको वृद्धि प्रतिशत अधिक भएको अनुमान गरिएको राष्ट्र बैंकले बताएकाे छ ।
कर्णाली प्रदेशमा कच्ची र पक्की सडक गरी करीब १,४४१.१९ कि.मि. सडक सञ्जाल रहेको छ । यस प्रदेशका १० जिल्लाहरुमध्ये डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म कुनैपनि सडकहरु कालोपत्रे भएका छैनन् ।
प्रादेशिक आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस