राजनीति
भारत जाँदै प्रचण्ड
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | ०६:५९:०० मा प्रकाशित
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
उनी दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ ।
भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।
सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस