१ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह
- गाउँ सहर संवाददाता
- २८ असार मंगलबार, २०७९ | ०९:४३:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको तथ्याङ्कमा आधारित) ले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ जेठ मसान्तमा रु.११४ अर्ब ९७ करोड लगानीमा रहेको बताएकाे छ ।
सार्वजनिक वित्तीय स्थितिनुसार २०७९ जेठ मसान्तसम्ममा १ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१८ ऋणीलाई प्रवाह भएको रु.१३९ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ६६९ महिला उद्यमीलाई प्रवाह भएको रु.७२ अर्ब ३८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६० ऋणीको रु.३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ जेठ मसान्तसम्ममा रु.१ अर्ब १५ करोड स्वीकृत भएको बैंकले उल्लेख गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस