१ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह
- गाउँ सहर संवाददाता
- २८ असार मंगलबार, २०७९ | ०९:४३:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको तथ्याङ्कमा आधारित) ले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ जेठ मसान्तमा रु.११४ अर्ब ९७ करोड लगानीमा रहेको बताएकाे छ ।
सार्वजनिक वित्तीय स्थितिनुसार २०७९ जेठ मसान्तसम्ममा १ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१८ ऋणीलाई प्रवाह भएको रु.१३९ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ६६९ महिला उद्यमीलाई प्रवाह भएको रु.७२ अर्ब ३८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६० ऋणीको रु.३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ जेठ मसान्तसम्ममा रु.१ अर्ब १५ करोड स्वीकृत भएको बैंकले उल्लेख गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस