बिउबिजन उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | १०:१४:०० मा प्रकाशित

काठमाडाैं । कृषि ज्ञान केन्द्र रामेछापले तीन दिने बिउबिजन उत्पादन एवं व्यवस्थापन तालिम समापन गरेको छ । रामेछाप र दोलखाको अगुवा कृषकहरु छनौट गरि तीन दिने बिउबिजन उत्पादन एवं व्यवस्थापन तालीम पश्चात परीक्षा लिई उक्त परीक्षामा उतीर्ण हुने हरुलाई कृषि ज्ञान केन्द्र प्रमुख निर्माला गुरुङ्ग र बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरका बरिष्ठ बालि विकास अधिकृत भरत प्रसाद देवकोटाले प्रमाण पत्रसहित बधाई ज्ञापन गरेका रामेछाप दाेरम्बा गाउँपालिकाबाट सहभागी दाबा सङ्बु शेर्पाले जानकारी दिए ।
स्थानीय स्तरको बीउमा शुद्धता ल्याउन र उत्पादकत्वमा बढि भन्दा बढि वृद्धि गर्ने उद्देश्य अनुरूप गुणस्तर बिउ उत्पादन एवं आयत निर्यातमा सहज एवं विधिपूर्वक संचालनका हेतुले यो कार्यक्रम व्यवस्थापन गरेको हो ।
कार्यक्रम व्यवस्थापन कृषि ज्ञान केन्द्र रामेछापले गरेकाे थियो भने प्राविधिक पक्ष बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरले निर्वाह गरेकाे थियाे । कार्यक्रमको लक्ष्य बिउबिजन उत्पादन व्यवस्थापन एवं आयत निर्यात दक्ष कृषिकर्ताहरु उत्पादन गर्ने रहेको शेर्पाले बताए ।
कृषि ज्ञान केन्द्र रामेछापले संघ, प्रदेश मन्त्रालयको समन्वयमा दोलखा र रामेछापको बस्तीस्तरको योजना तय गर्दै हाल भैरहेकोलाई थप सहयोग गर्दै क्षमता अभिवृद्धि, तालिम, गोष्ठी, भ्रमण सामाग्री वितरण, कृषि प्रवर्द्धन मुलक पूर्वाधारहरु निर्माण गर्दै समग्र जिल्लाको सर्वाङ्गीण कृषि प्रवर्द्धनमा आफनो अग्रस्थान भूमिका निर्वाह गर्दै अगाडी बढिरहेको छ । स्थानीय तहलाई समेत योजना एवं सहकार्य सहयोग गर्दै बिउ नर्सरी प्रशोधनमा समेत सामाग्री हस्तानतरण भैरहेको छ।
कार्यक्रम कार्यलय प्रमुख निर्माला गुरुङ्गको अध्यक्षतामा र प्रमुख अतिथि वरिष्ठ बाली विकास अधिकृत भरत प्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा अतिथिहरू कार्यालयका कृषि अधिकृत प्रमोद दाहाल, विवेक महत, शर्मिला फुँयाल, ऋषिराज सुवेदी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका श्याम घिसिङ लगायतको आतिथ्यतामा कार्यक्रम समापन भएको थियो भने कार्यक्रम प्राविधिक हरि यादवले गरेका थिए ।
तालिम फलदायी भएपनि अझ व्यवहारिक बनाउन तालिम कार्यक्रमलाई निरन्तरता दिईनुपर्ने, शैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जोड दिईनु पर्ने सहभागी शेर्पाकाे भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस