स्वास्थ्य

काेराेनाकाे उकालाे यात्रा, ९८ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमित ५६४

काठमाडाैँ । पछिल्लाे समय देशमा काेराेना ग्राफ उकालाे लाग्दै गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार १५४ जनाकाे परीक्षण गर्दा थप ९८ संक्रमित थपिएका छन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

मन्त्रालयका अनुसार साे अवधिमा २७ जना डिस्चार्ज भएका छन् । यस्तै ६२ हजार ९७१ जनाले खाेप प्राप्त गरेका छन् ।

मन्त्रालयका अनुसार अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या ५६४ पुगेकाे छ ।

गाउँ सहर संवाददाता