के रवि चितवनबाट चुनाव लड्न लागेका हुन् ?
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १७:११:०० मा प्रकाशित
काठमाडाैँ । हुन त धेरैले पहिलेदेखि नै रवि लामिछानेले "राष्ट्रिय स्वतन्त्र पार्टी" गठन गर्दा नै चर्चामा चुलिएकाे गरेकाे कुरा हाे । रवि कहाँबाट उठ्लान् ? भनेर । उता सामाजिक सञ्जालमा रविले ठूलै नेतासँग भिड्न सक्नुपर्ने बताइरहेकाे बेला उनकाे यात्राकाे माेड चितवनतिर फर्किनुले विश्लेषककाे बुझाई सहिकाे नजिक आंकलन गर्न थालिएकाे छ ।
रविले सामाजिका सञ्जालमा राखेकाे पाेस्टले भन्छ- "जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो । फलामे जञ्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन सिकायो । मलाई आशा छ— चितवनले एकपटक फेरि मलाई उड्न पखेटा दिनेछ । रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ ।"
उनकाे याे स्टाटस अहिले भाइरल बनेकाेमात्र छैन, ठूलै नेताकाे निद हराउन पुगेकाे छ ।
वर्षाैँदेखि चितवनका काँग्रेसले रूखमा भाेट हाल्न पाएका छैनन् । उसमाथि पनि रविलाई चितवनले दुःखकाे बेला दिएकाे साथले उनी थप त्यहि क्षेत्रमा केन्द्रित बन्नुले चुनावमा उनले चितवन छान्ने आंकलन गर्न थालिएकाे छ ।
तर अर्काेतिर विकासले काँचुली फेरेकाे चितवनले रवि छान्ला कि प्रचण्ड ? त्याे भने हेर्न पर्खनैपर्ला ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस