रामेछाप बस दुर्घटनामा १३ जनाकाे मृत्यु, धेरै खनियापानीका (नामावली सहित)
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | १६:००:०० मा प्रकाशित
रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा आज बिहान भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र बाँकी चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले गाउँ सहर डटकमलाई दिएको जानकारी अनुसार बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा सबै भन्दा धेरै सुनापति गाउँपालिका–५ खनियापानीका परेका छन् ।
मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षिय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्ग बहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वर्षिय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ वर्षिय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षिय तुलबहादुर विक रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ । अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षिय बृद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस