आईएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | १४:१२:०० मा प्रकाशित
काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सका ग्राहकहरूले ग्यालेक्सी स्पेसियालिटी महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्सरे, यूएसजी, ईसीजी, ईसीएचओलगायतका सेवाहरूमा १० प्रतिशत र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटीसँग आबद्ध ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस