आईएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | १४:१२:०० मा प्रकाशित

काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सका ग्राहकहरूले ग्यालेक्सी स्पेसियालिटी महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्सरे, यूएसजी, ईसीजी, ईसीएचओलगायतका सेवाहरूमा १० प्रतिशत र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटीसँग आबद्ध ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस