गाउँ सहर

मुस्ताङमा रङ्गीचङ्गी झिलिङ्गा (फाेटाेफिचर)

काठमाडाैं । हिमालपारीको जिल्ला मुस्ताङकाे घरपझोङ गाउँपालिकाले महिलाहरूलाई झिलिङ्गा बनाउने तालिम दिएकाे छ । 

गाउँपालिकाकाे वडा नं- ५ ठिनीका महिलाहरुलाई घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष०७८-०७९ को स्वीकृत गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत उक्त तालिम दिइएकाे गाउँपालिका अध्यक्ष लालचनले जानकारी दिए ।  

तालिमपछि झिलिङ्गा उत्पादनमा गाउँपालिका आत्मनिर्भर हुने लालचनकाे विश्वास रहेको छ ।

प्रविधिमार्फत झिलिङ्गा बनाउन सिकाइएकाे थियाे ।

चामलकाे पिठो र गाउँमै अर्गानिक फापर पिठोको झिलिङ्गा बनाउने गरिन् ।

उक्त तालिम प्रमिला तुलाचनले दिएकी थिइन् ।

गाउँ सहर संवाददाता