प्रचण्डले भने- एमालेमा बीउ रोपेका छौँ, केही समयपछि फूल्छ, फल्छ
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | १२:२४:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फुल्ने, फल्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता माओवादी विचारसँग नजिकिएकाे दाबी गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।
‘त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’
अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गराएका छन् ।
पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरूले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए ।
पुन महाकाली ब्युरो इन्चार्जसमेत हुन् । यस्तै, पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्युरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन् । पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस