अर्थतन्त्र

तीन स्थानीय तहमा अझै पुगेन बैंककाे शाखा

काठमाडाैं । मुलुकभरकाे तीनवटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेकाे छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल देशका ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंककाे एउटा शाखा स्थापना भएको छ । तीनवटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा स्थापना हुन नसक्दा सरकारी लक्ष्य पूरा हुन सकेको छैन ।

बैंकका शाखा पुग्न नसकेका स्थानहरूमा धादिङको रुबी भ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल (पुरानो नाम काँडा) गाउँपालिका हुन् ।

गाउँ सहर संवाददाता