अघिल्लाे दिन उत्साहित लगानीकर्तामा भाेलिपल्टै निराश, दाेहाेराे अंकले घट्याे नेप्से
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | १७:५९:०० मा प्रकाशित

काठमाडाैं । आइतबार ९५ अंकले बढेकाे शेयर बजार सूचक एक दिन पनि टिकेन । लामो समय बजारमा आएको गिरावटपछि एकाएक बढेको बजारले लगानीकर्तामा उत्साह देखिएकाेमा साेमबारै ओरालो लागेकाे छ ।
साताकाे दाेस्राे काराेबार दिन साेमबार बजार परिसूचक नेप्से २३.८५ अंकले गिरावट भएर १९३३.१३ अंकमा बन्द भएकाे छ । सोमबार अल्पकालीन लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिँदा नेप्सेमा दबाब परेको देखिन्छ ।
आज बजारमा कुल २ अर्ब ४ कराेड ४८ लाखकाे काराेबार हुँदा नागरिक लगानी काेषकाे सर्वाधिक १५ कराेड ६६ लाखकाे काराेबार भएकाे छ ।
आज जीवन बीमा र लगानी बाहेक ११ वटा उपसमुहगत सूचक रातो भएका छन । जीवन बीमाको सूचक १.२२ र लगानी १ प्रतिशतले बढेको हो । विकास बैंक सर्वाधिक ३.५१ प्रतिशतले घटेको बजारमा ब्यापार, होटल, जलविद्युत र फाइनान्स सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी ९ करोड ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड ३ लाख र नबिल बैंकको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एशियन लाइफ, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एचआईडिसीएल र नेपाल पुनर्बीमा कम्पनी शीर्ष दश काराबोर हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो सेयर कारोबार भएको पुनर्बीमाको ४ करोड ३० लाख बढीको सेयर खरीद बिक्री भएको छ ।
आज सिवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र एलआईसीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिवाईसीको सेयरमूल्य ७२ रुपैयाँ बढेर ७९२.५० रुपैयाँ पुग्दा न्यादी हाइड्रोपावरको २९.९० रुपैयाँ बढेर ३३० र एलआईसीको ११९ रुपैयाँ बढेर १४१९ रुपैयाँ पुगेको छ । यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको ६.०७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य ४.८६ प्रतिशत र नागरिक लगानी कोषको सेयरमूल्य ४.७१ प्रतिशतले बढेको छ ।
यसदिन उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । प्रभु बैंक डिबेञ्चर ८५ को मूल्य ७.९७ प्रतिशत, तेह्रथुम पावरको ७.२२ र प्रुडेन्सियल इन्स्योरेन्सको ६.२४ प्रतिशतले घटेको छ ।
शिवश्री हाइड्रोपावर, गुराँस लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस