अघिल्लाे दिन उत्साहित लगानीकर्तामा भाेलिपल्टै निराश, दाेहाेराे अंकले घट्याे नेप्से
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | १७:५९:०० मा प्रकाशित
काठमाडाैं । आइतबार ९५ अंकले बढेकाे शेयर बजार सूचक एक दिन पनि टिकेन । लामो समय बजारमा आएको गिरावटपछि एकाएक बढेको बजारले लगानीकर्तामा उत्साह देखिएकाेमा साेमबारै ओरालो लागेकाे छ ।
साताकाे दाेस्राे काराेबार दिन साेमबार बजार परिसूचक नेप्से २३.८५ अंकले गिरावट भएर १९३३.१३ अंकमा बन्द भएकाे छ । सोमबार अल्पकालीन लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिँदा नेप्सेमा दबाब परेको देखिन्छ ।
आज बजारमा कुल २ अर्ब ४ कराेड ४८ लाखकाे काराेबार हुँदा नागरिक लगानी काेषकाे सर्वाधिक १५ कराेड ६६ लाखकाे काराेबार भएकाे छ ।
आज जीवन बीमा र लगानी बाहेक ११ वटा उपसमुहगत सूचक रातो भएका छन । जीवन बीमाको सूचक १.२२ र लगानी १ प्रतिशतले बढेको हो । विकास बैंक सर्वाधिक ३.५१ प्रतिशतले घटेको बजारमा ब्यापार, होटल, जलविद्युत र फाइनान्स सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी ९ करोड ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड ३ लाख र नबिल बैंकको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एशियन लाइफ, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एचआईडिसीएल र नेपाल पुनर्बीमा कम्पनी शीर्ष दश काराबोर हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो सेयर कारोबार भएको पुनर्बीमाको ४ करोड ३० लाख बढीको सेयर खरीद बिक्री भएको छ ।
आज सिवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र एलआईसीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिवाईसीको सेयरमूल्य ७२ रुपैयाँ बढेर ७९२.५० रुपैयाँ पुग्दा न्यादी हाइड्रोपावरको २९.९० रुपैयाँ बढेर ३३० र एलआईसीको ११९ रुपैयाँ बढेर १४१९ रुपैयाँ पुगेको छ । यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको ६.०७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य ४.८६ प्रतिशत र नागरिक लगानी कोषको सेयरमूल्य ४.७१ प्रतिशतले बढेको छ ।
यसदिन उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । प्रभु बैंक डिबेञ्चर ८५ को मूल्य ७.९७ प्रतिशत, तेह्रथुम पावरको ७.२२ र प्रुडेन्सियल इन्स्योरेन्सको ६.२४ प्रतिशतले घटेको छ ।
शिवश्री हाइड्रोपावर, गुराँस लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस