नेपाल लोकतान्त्रिक शेर्पा संघको राष्ट्रिय महाधिवेशन श्रावण २८ गते
- गाउँ सहर संवाददाता
- ११ असार शनिबार, २०७९ | १८:३०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल लोकतान्त्रिक शेर्पा संघको राष्ट्रिय महाधिवेशन श्रावण २८ गते हुने भएको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघका इन्चार्ज गोकुल घर्तीमगरको अध्यक्षतामा बसेको बैठकले आङदामी शेर्पाको संयोजकत्वमा ५०१ सदस्यीय राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय समिति गठन गरेको छ ।
उक्त राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नामगेल शेर्पाको संयोजकत्वमा केन्द्रिय सचिवालय गठन भएको छ भने निमा दिकी शेर्पाको संयोजकत्वमा आर्थिक परिचालन तथा व्यवस्थापकीय कमिटी गठन भएको छ ।
समग्र शेर्पाहरूको कार्यगत एकता, सामुहिक भावना उद्देश्यमा एकरुपता ल्याउने लक्ष्यअनुरूप भावी सर्वाङ्गीन कार्य दिशानिर्देश अनुरूप राज्यको मोडल परिवर्तनमा विश्वमा प्रख्यात शेर्पाहरूको आवश्यक छ भन्ने जोशिला योजनासहित राष्ट्रिय महाधिवेशन तयारीमा लागेको केन्द्रिय आयोजक कमिटीका सदस्य दावा सडवु शेर्पाले बताए ।
नेपाल लोकतान्त्रिक शेर्पा संघले गत स्थानीय निर्वाचन लक्षित गरी होटल हायतमा राष्ट्रिय स्तरको भव्य कार्यक्रम संचालन गरी स्थानीय स्तरको निर्वाचनमा आफ्नो भूमिका विशेष योजनामुखी तवरले निर्वाह गरिएको थियो ।
श्रावण २८ गते हुने राष्ट्रिय महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस