शेयरबजार घट्ने क्रम थामिएन, लगानीकर्ता निराश
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | १९:००:०० मा प्रकाशित
काठमाडाैं । साताको पाँचौँ कारोबार दिन बिहीबार पनि घट्ने क्रमले निरन्तता पाउँदा बजार परिसूचक नेप्से २.३९ प्रतिशतले गिरावट भएको छ । निरन्तर ओरालो लागेकाे शेयर बजार परिसूचक नेप्से बिहीबार पनि थामिएन ।
बिहीबार नेप्से ४५.२५ अङ्कले घटेर १८४८.२८ बिन्दुमा झरेको छ । यसदिन कुल २३७ कम्पनीका ५० लाख ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँमा खरीद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका सबै उप समुहगत सूचक ओरालो लागेको बजारमा जलविद्युत सूचकमा सर्वाधिक ४.११ प्रतिशत गिरावट आएको छ । विकास बैंक, फाइनान्स, र लगानी सूचक पनि साढे ३ प्रतिशतभन्दा बढीले घटेका छन् । ब्यापार, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य र लघुवित्तको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज कुमारी बैंकको सबैभन्दा धेरै ९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी बैंकको ६ करोड ३६ लाख र नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, एसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफ इन्स्योरेन्सको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नेपाल लाइफको २ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबारको बजारमा आँधिखोला लघुवित्त र सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन आँधिखोला लघुवित्तको ८७.३० रुपैयाँ बढेर ९६०.७० रुपैयाँ र सिवाईसी लघुवित्तको ५५ रुपैयाँ बढेर ६०५.३० रुपैयाँ पुगेको छ । एनआईसी एशिया ब्यालेस्ड फन्ड ३.९४, वीन लघुवित्त २.७० र गोर्खाज फाइनान्सको सेयर मूल्य १.९७ प्रतिशतले बढेको छ ।
आजको बजारबाट शिवश्री हाइड्रोपावर कम्पनीको सेयर लगानीकर्ताले सर्वाधिक ९.५६ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयर मूल्य २४ रुपैयाँ घटेर २२७ मा झरेको छ । यस्तै लिवर्टी इनर्जीको ९.२१, सामलिङ्ग पावर ८.५०, एनआईबिएल प्रगति फन्ड ८.३२ र जोशी हाइड्रोपावरको सेयरमूल्य ८.०६ प्रतिशतका दरले घटेको छ । यसदिन छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, रिभर फल्स पावर, मध्यभोटेकोशी जलविद्युत र इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले आजको बजारमा ७ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
०७३ साउन १२ गते उक्त बिन्दु कायम गरेको नेप्से त्यसपछि ११०० सम्म झरेर २०७७ मंसिरमा उक्त बिन्दु पार गरेर माथि गएको थियो । १९ महिना पनि पुन: नेप्से उक्त बिन्दुबाट तल झरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस