४ वर्ष सुब्बाको जागिर खाँदा ६ करोड कमाई
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | ०७:४५:०० मा प्रकाशित
काठमाडौँ । बिध ल्याबका सञ्चालक भिमकान्त भण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरको छ । भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
भण्डारीले २०७३ असोज २१ मा राजपत्र अनंकित प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए । स्वेच्छिक अवकाश लिएर कोरोनाकालमा मेडिकल क्षेत्रको व्यापारमा सक्रिय भएका थिए ।
सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु. २६,६१,६३६.०९ आय आर्जन गरेको देखिएको अख्तियारको भनाई छ ।
तर, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६,५०,६५,६४२.५३ खर्च तथा लगानी गरेको देखिएको छ ।
कुल आय आर्जन रु. २६,६१,६३६.९ मा गरेको कुल खर्च तथा लगानी व्यय रु. ६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६.४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको अख्तियारको भनाई छ ।
अख्तियारले भण्डारीको नाममा रहेको सम्पत्तिबाट रु. ६,०६,४१,८१३.९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु. १७,६२,१९२.५३ समेत गरेर रु. ६,२४,०४,००६.४४ जफत गर्न समेत माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस