तीन कक्षामा अध्यन गर्ने छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | ०८:१३:०० मा प्रकाशित
तम्घास । गुल्मीमा कक्षा तीनमा अध्यन गर्ने छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत नावालिकालाई यौन दुब्र्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
आरोपी शिक्षकलाई बालयौन दुब्र्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस