तीन कक्षामा अध्यन गर्ने छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | ०८:१३:०० मा प्रकाशित

तम्घास । गुल्मीमा कक्षा तीनमा अध्यन गर्ने छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत नावालिकालाई यौन दुब्र्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
आरोपी शिक्षकलाई बालयौन दुब्र्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस