‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन, भोलि पनि हुँदैन, हुँदैन’
- गाउँ सहर संवाददाता
- २ असार बिहीबार, २०७९ | १५:००:०० मा प्रकाशित
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । गृहमन्त्री खाँणले प्रतिनिधिसभाको बैठकमा एसपीपीमा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रस्ट पारेका हुन् ।
उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”
गृहमन्त्री खाँणले नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रूपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण गराए । ‘यसकारण पनि हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नै सक्दैनौँ । त्यसैले नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैन, बन्दैन,’ उनले भने ।
प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’
मन्त्री खाँणले एसपीपी र एमसीसी परियोजनालाई तुलना गरेर हेर्न नमिल्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस