राजनीति
एमालेका अध्यक्ष केपी ओली र माओवादीका नेता नारायणकाजीबीच ‘गाेप्य’ भेटवार्ता
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | १३:४७:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच ‘गाेप्य’ भेटवार्ता भएको छ ।
श्रेष्ठ निकट एक नेताका अनुसार आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनले बताए ।
भेटमा बामएकता, राष्ट्रियताको विषय रसंसद विघटन, पार्टी विभाजन, एमसीसी लगायत समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल भएकाे बताइएकाे छ ।
नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् ।
पछिल्लो केही समययता एमाले र माओवादी नेताहरुबीच भेटवार्ताले तीव्रता पाएको छ । बाम एकताका विषयमा छलफल भइरहेको नेताहरु बताउँछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस