संसदमा गाँजाकाे कुरा, सांसद तामाङले भने - गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १६:११:०० मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । गाँजाका गुण बताउँदै उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाबारे उक्त दाबी गरेका हुन् ।
यस्तै उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरे । नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको दाबी थियो ।
तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने तामाङको भनाइ थियो । त्यसपछि औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने उनले बताए । "गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौं । गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गरौं," उनले भने, "गाँजाको अरु औद्योगिक प्रयोजनको बारेमा अन्य फोरममा चर्चा गरौंला ।"
सांसद तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै यसअघि संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस