गाउँ सहर

२ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन, केही अवरोध छैन

काठमाडौँ । आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । हिजो १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो ।

फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध छैन । साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्छन्, ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन् ।’

गाउँ सहर संवाददाता