प्रशारण लाइनमा चढेका व्यक्तिकाे ‘कठिन’ उद्धार
- गाउँ सहर संवाददाता
- २८ जेठ शनिबार, २०७९ | २०:०३:०० मा प्रकाशित
काठमाडाैं। नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका माइला विकको उद्धार गरेको हो।
तारमा झुण्डिएका विकको करिब ९ घण्टापछि उद्धार भएको हो। उनलाई बेलुकी ७:३० बजे उद्धार गरिएकाे हाे।
दिनभर स्थानीयले विकलाई तारबाट ओराल्न प्रयास गरेपनि कसैले नसकेपछि सेनाको टोलीले टावरमा चढेर उनलाई उद्धार गरी तल ल्याएको हो।
विक शनिबार दिउँसो ११ बजे ककनी गाउँपालिका– ७ मा त्रिशूली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए। उनी चढेपछि विद्युत सेवा अवरुद्ध गरिएको थियो।
९ घण्टा विद्युत प्रसारण रोकिँदा करिब ९० लाख बराबरको घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सेनाले विकलाई उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।
यसअघि ती व्यक्तिकाे उद्धारका लागि उर्जामन्त्री पम्फा भुषालले नेपाली सेनालाई आग्रह गरेकी थिइन्। विककाे उद्धारसँगै दिनभर बन्द गरिएकाे विद्युत प्रसारण पनि सुचारु गरिएकाे छ।
विककाे मानसिक समस्या रहेकाले यस्ताे गरेका हुनसक्ने स्थानीयवासीले बताएका छन्।उनले अरूबेला पनि अन्य असामाजिक व्यवहार देखाउँदै गाउँघर डुल्ने गरेका उनीहरुकाे भनाइ छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस