गाउँ सहर

विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटायाे

  • एजेन्सी
  • २५ जेठ बुधबार, २०७९ | ०३:४७:०० मा प्रकाशित

काठमाडौँ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण आपूर्ति शृङ्खलामा उत्पन्न अवरोध, महँगी र महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर बढाइरहेकोतर्फ औंल्याउँदै बैंकले मंगलबार यस वर्षको विश्व अर्थतन्त्रको वृद्धि प्रक्षेपण घटाएर २ दशमलव ९ प्रतिशतमा झारेको हो ।

यो यसअघि जनवरीको गरिएको प्रक्षेपणभन्दा यो १ दशमलव २ प्रतिशत कम हो । जनवरीमा यस वर्ष विश्व अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।

विश्वमा अहिले महँगी कयौं वर्षयताको औसतभन्दा निकै माथि रहेको र आर्थिक वृद्धिदर औसतभन्दा निकै तल आउने बैंकको भनाइ छ । यसले न्यून र मध्यम आय भएका अर्थतन्त्रमा असन्तुलनकारी परिणाम उत्पन्न गराउने चेतावनी बैंकले दिएको छ ।

एजेन्सी

तपाईँको मत