शेयरबजार निरन्तर ओरालो यात्राले अत्तालिन थाले लगानीकर्ता, नेप्से सूचक २०२० मा झर्यो
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १५:५१:०० मा प्रकाशित
काठमाडाैं । शेयरबजारमा निरन्तर गिरावट आउन थालेपछि दाेस्राे बजारमा लगानी गर्ने लगानीकर्ताहरू अत्तालिन थालेका छन् । निरन्तर घट्दाे क्रममा रहेकाे बजारमा नेप्से २०० भन्दा बढि अंकको गिरावट आएको छ ।
लगातार आठौं कारबोर दिनसम्म घट्दा नेप्सेमा २१९ अंकको गिरावट आएर नेप्से सूचक २०२०.२३ अंकमा झरेको छ । यसरी दिनहुँ बजार घट्न थालेपछि लगानीकर्ताहरू अलमलमा परेका छन् भने साना लगानीकर्ताहरू पलायन हुन थालेका छन् ।
मंगलबारको कारोबारमा नेप्से ४५.५९ अंकले घटेको नेप्से सूचक २०२०.२३ अंकमा पुगको छ । यस दिन २३४ कम्पनीको एक अर्ब ३१ करोड बढीको सेयर किनबेच भयो ।
१ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।
सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन कुमारी बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस