जेष्ठ २६ मा हुन गइरहेको युके आयरल्यान्ड फेयर २०२२ का बारेमा जानकारी
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १९:०५:०० मा प्रकाशित

काठमाडाैँ। हब इन्टरनेसनल एजुकेसनले जुन नौ अर्थात जेष्ठ २६ मा हुन गइरहेको युके आयरल्यान्ड फेयर २०२२ का बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले हब इन्टरनेसनलले आफ्नो स्थापना काल देखिनै बेला-बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको छ।
फेयरमार्फत् विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेसनलका युके-आयरल्यान्डका काउन्सलर सुरज घिमिरेले जानकारी गराए।
फेयरमा उपस्थित हुने विद्यार्थीमध्येबाट १११ उत्कृष्ट विद्यार्थीहरुलाई निःशुल्क आई. इ. एल. टि. एस., निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने हब ईन्टरनेसनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराए।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन हब इन्टरनेसनलकी ब्रान्ड एण्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावनी खनालले जानकारी गराइन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस