माओवादी घटकको पत्रकार सम्मेलन : यस्तो बोल्दै पूर्व माओवादी नेताहरू
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण आइतबार, २०७९ | १५:४५:०० मा प्रकाशित
काठमाडौं । प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटकहरुको संयुक्त पत्रकार सम्मेलन आज भएको छ । आइतवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट जनयुद्धकालीन मुद्दालाई सम्बोधन प्रति आपत्ति जनाएका पूर्व माओवादी नेताहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बृहत् शान्ति सम्झौता संवैधानिक मूल्य मान्यताअनुसार हल गरिनुपर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् । गुरुङले भने, 'शान्ति सम्झौता भएको १६ वर्ष पुगेको छ । राज्यको पुनर्संरचना गर्दै , विभिन्न मुद्दा गर्दै, शान्ति प्रक्रियाका काम पूरा गर्दै जाने छौँ । यी सन्दर्भमा शान्ति प्रक्रिया संक्रमणकालीन न्याय समबन्धमा संवैधानिक मान्यताभन्दा फरक ढंगले जाँदा, क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजेपछि शान्ति प्रक्रिया उल्टिने त होइन ?
यस्तै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने, ‘यो राज्य नेपाली जनताको भइसकेको छैन । हामीले बनाउन खोज्दै थियौँ । साम्राज्यवादीका लठैतहरुले लिएर गए ।’ सङ्क्रमणकालीन मुद्दा प्रचण्डको मात्रै नभएर सम्पूर्ण परिवर्तन पक्षधरको समेत भएको विप्लवले बताए । देशको सम्पूर्ण स्वामित्व नेपाली जनताको हातमा आयो कि आएन भन्ने विषयमा सबैले हेक्का राख्नुपर्ने विप्लवले बताए । ‘अहिलेको परिवर्तनलाई उल्ट्याएर २०४७ सालतिर लग्न खोजिँदै छ । यो स्वीकार हुँदैन । बरु अझ अघि बढेर वैज्ञानिक समाजवाद निर्माणमा लाग्नुपर्छ ’ विप्लवले भने ।
यस्तै, सांसद प्रभु साहले द्वन्द्वकालीन मुद्दा उचालेर प्रधानमन्त्रीलाई ह्यारेसमेन्ट गर्नेहरूलाई दण्डित गर्नुपर्ने बताएका हुन् । ‘काम गर्न शुरू गर्न खोज्दा देशको कार्यकारीलाई ह्यारेस गर्नेको नियत राम्रो छैन । त्यस्ता व्यक्तिहरूलाई जिम्मेवार भन्न सकिँदैन । कार्यकारीलाई ह्यारेसमेन्ट गर्ने काम दण्डित हो,’ साहले भने ।
यस्तै, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएपनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको बताएका छन् । ‘यो लडाई अग्रगमन र पश्गमनबीचको लडाइँ हो । केही शाक्तिहरु राज्यको पुर्नसंरचना होइन प्रतिगमनको दिशामा मुलुकलाई लैजान चाहान्छन्’, महराले भने, ‘फेरि मुलुकलाई पछाडि धकेल्ने कि ? अग्रगमनमा लैजाने भन्ने कुरा प्रमुख विषय हो ।’उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रहेको मुद्दा कुनै व्यक्ति विशेषको नभएको पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस