स्वास्थ्य
देशभर सक्रिय संक्रमितको संख्या १०२, शून्य रहेकाे जिल्ला ३२
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १५:४०:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । २ हजार ४११ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।
आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ । आज १३ हजार ८२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
उपत्यकाका तीनमध्ये आज काठमाडौंमामात्रै संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।
आजसम्म ३२ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस