गाउँ सहर

सिस्डोल र बञ्चरेडाँडामा नयाँ मेयर, फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने

काठमाडौँ । काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाहले शपथग्रहण लिएको दिन नै सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । मेयरमा निर्वाचित भएर शपथग्रहण खाएकै दिन मेयर शाहले सिस्डोल र बञ्चरेडाँडा क्षेत्रको अवलोकन गरेका हुन् ।

उनले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

गाउँ सहर संवाददाता