मन्थली उत्कृष्ट नगरपालिका घोषित, मेयर श्रेष्ठ भन्छन्– “यो सफलता नयाँ यात्राको सुरुआत”
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०८२ | ०८:२४:०० मा प्रकाशित
काठमाडाैं । रामेछाप जिल्लाको मन्थली नगरपालिका लाई देशकै उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ। नेपालका नगरपालिकाहरूको प्रतिनिधि संस्था नेपाल नगरपालिका संघले आफ्नो ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्रदान गर्दै मन्थलीलाई सम्मानित गरेको हो।
आर्थिक वर्ष २०८१/८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरेका थिए। सम्मानपत्रमा स्थानीय आर्थिक विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा नगरपालिकाले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।
देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा समग्र मूल्याङ्कनपछि मन्थली नगरपालिकालाई उत्कृष्टको रूपमा छनोट गरिएको हो। नेपाल नगरपालिका संघ ले संस्थागत विकास, सेवा प्रवाह, वित्तीय सुशासन र स्थानीय आर्थिक विकास जस्ता सूचकका आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट नगरपालिका छनोट गर्ने गर्दछ।
.jpg)
सम्मान प्राप्तिपछि नगर प्रमुख लव श्रेष्ठ ले यस उपलब्धिलाई केवल पुरस्कार नभई नगरबासीको विश्वास र मेहनतको सम्मान भएको बताएका छन्। उनले भने, “यो सम्मान हाम्रो टिमको निरन्तर प्रयास, पारदर्शी काम र जनताको सक्रिय सहभागिताको परिणाम हो। हामीले सुरु गरेका विकासका योजना अझै अघि बढाउने प्रेरणा यसले दिएको छ।”
उनले थपे, “मन्थलीलाई नमूना नगरपालिका बनाउने हाम्रो लक्ष्य अझ बलियो भएको छ। रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धनसँगै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै हामी अगाडि बढ्नेछौं। यो सफलता अन्तिम गन्तव्य होइन, नयाँ यात्राको सुरुआत हो।”
नगर प्रमुख श्रेष्ठले यस उपलब्धिलाई सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरबासीको साझा सफलता भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
.jpg)
कसरी भयाे उत्कृष्ट
स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय कार्यसम्पादनमा सबैभन्दा बढी अंक ८५ अंक प्राप्त गरेर देशकै उत्कृष्ट नगरपालिका हुन सफल हाे ।
- विश्व खाद्य संगठनकाे मापदण्डलाई पूरा गर्दै मासु, अण्डा, दुग्धजन्य पदार्थमा आत्मनिर्भ,
- स्थानीय कृषि उत्पादन काठमाडाैँलगायत विभिन्न ठाउँमा निर्यात र स्थानीय राेजगारी वृद्धि गरि नागरिककाे आयआर्जन बढाएकाे,
- निजी क्षेत्र, विकास साझेदार तथा सहकारीसँगकाेे समन्वयमा व्यसाय प्रवर्धन, एक वडा एक उत्पादन कार्यक्रमजस्ता प्रभावकारी कार्यहरू आर्थिक तथा सामाजिक रूपान्तरणका लागि संघ तथा प्रदेश सरकार एवम् सराेकारवाला निकायसँग निरन्तर समन्व्य र सहकार्य,
- औद्योगिक ग्राम निर्माणकाे तयारी, नगरभित्रकाे पर्यटकीय स्थलकाे प्रवर्धनका विविध याेजना निर्माण र कार्यान्वयनमार्फत आर्थिक यात्रामा अग्रसर ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस