स्वास्थ्य
मङ्कीपक्सको रोकथाम र नियन्त्रणको लागि के गर्ने ?
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | १७:२३:०० मा प्रकाशित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्कीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिएपनि विश्वका धेरै मुलुकमा देखापरेकोले आम नागरिकमा सचेतना ल्याउने उद्धेश्यले यो जानकारीमुलक सूचना प्रवाह गरिएको हो ।
कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको निम्न कुराबाट सर्छः
- थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्री ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
- श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छाला ।
- वाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलन सक्छ ।
लक्षणहरु के के हुन् ?
- ज्वरो आउनु, सामान्यतयाः ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हत्केला र पैतालामा डाबर देखिनु, टाउको, ढाड र मांशपेसी दुख्नु, शरीरका ग्रन्थिहरु बढ्नु, लक्षण् १४—२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ ।
सम्भावित जटिलता
- आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, न्यूमोनिया, मस्तिस्क ज्वर, गर्भ खेर जानु र मृत्यु ।
रोकथामका उपायहरु
- मङ्कीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने ।
- सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
- सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
- घाउसँग प्रत्यक्ष् सम्पर्क हुन्छ भने पञ्जा लगाउने ।
- नियमित रुपमा साबुनपानीले हात धुने ।
- मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
- सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने ।
- सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने ।
- मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
- फोहोरलाई उचित स्थानमा फाल्ने ।
अन्त्यमा, ज्वरो आएको १ देखि ३ दिनभित्र अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिएमा सम्पर्क गर्न मन्त्रालयले सुझाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस