७२३ पालिकाकाे नतिजा सार्वजनिक, नेपाली कांग्रेस अग्र स्थानमा, काठमाडाैँमा केशव स्थापित तेस्राे नम्बरमा
- गाउँ सहर संवाददाता
- ९ जेठ सोमबार, २०७९ | ०६:०८:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
७२३ पालिकाकाे नतिजानुसार अहिलेसम्म कांग्रेसले ३१८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ७ स्थानमा अग्रता लिएकाे छ । एमालेले १९६ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ११ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ७४ स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २९ स्थानमा विजय हासिल गरेका छ भने २ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने २ स्थानमा र लाेसपाले १४ स्थानमा जीत र २ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९४ ठाउँमा जीत र ६ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २२४ ठाउँमा जीत र १७ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २१ स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र १ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४२ हजार ९०२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २४ हजार ८६७ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस