७२३ पालिकाकाे नतिजा सार्वजनिक, नेपाली कांग्रेस अग्र स्थानमा, काठमाडाैँमा केशव स्थापित तेस्राे नम्बरमा
- गाउँ सहर संवाददाता
- ९ जेठ सोमबार, २०७९ | ०६:०८:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
७२३ पालिकाकाे नतिजानुसार अहिलेसम्म कांग्रेसले ३१८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ७ स्थानमा अग्रता लिएकाे छ । एमालेले १९६ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ११ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ७४ स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २९ स्थानमा विजय हासिल गरेका छ भने २ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने २ स्थानमा र लाेसपाले १४ स्थानमा जीत र २ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९४ ठाउँमा जीत र ६ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २२४ ठाउँमा जीत र १७ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २१ स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र १ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४२ हजार ९०२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २४ हजार ८६७ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस