गाउँ सहर

कांग्रेसकाे नजिक पुग्न सकेन एमाले, ३१४ काे स्पिडमा हिँड्दै, अझै ११ स्थानमा अग्रता

काठमाडाैँ । देशका विभिन्न ३१४ स्थानकाे प्रमुख/अध्यक्ष पद नेपाली कांग्रेसले हाता पारेकाे छ । यस्तै अन्य ११ स्थानमा अग्रता कायम गरेकाे छ । यसरी नै उसले उपप्रमुख/उपाध्यक्ष २९२ स्थानमा जितेकाे छ भने ८ स्थानमा अग्रता कायम गरेकाे छ ।

पछिल्लाे अपडेटनुसार एमालेले प्रमुख/अध्यक्ष क्रमशः १९४ र १२ अग्रता लिएकाे छ । उसकाे उपप्रमुख/उपाध्यक्षमा २२० जीत र १९ अग्रता रहेकाे छ ।

माके क्रमशः प्रमुख/अध्यक्ष १२० जीत र २ अग्रता, उपप्रमुख/उपाध्यक्षमा १२६ र १ अग्रता छ । जसपा प्रमुख/अध्यक्ष २९ र २, उपप्रमुख/उपाध्यक्षमा ३० र १ छ । अन्य प्रमुख/अध्यक्ष २९ र २, उपप्रमुख/उपाध्यक्षमा ३० र १ अग्रता छ । अन्य प्रमुख/अध्यक्ष २९ र २ मा अग्रता, उपप्रमुख/उपाध्यक्षमा १८ र शुन्य छ । यस्तै एस प्रमुख/अध्यक्ष १७ र २ अग्रता, उपप्रमुख/उपाध्यक्षमा २१ र २ अग्रता छ भने लाेसपा १४ र ३, उपप्रमुख/उपाध्यक्षमा १० र ३ रहेकाे छ ।

गाउँ सहर संवाददाता