वातावरण

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ जेठ ९ गते (सोमबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता