राजनीति

सुरूदेखि अहिलेसम्म कांग्रेस नै अगाडि, एमालेलाई माओवादी पछ्याउँदै, महानगरमा वालेन्द्र केन्द्रमा

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अर्काेतिर काठमाडाैँका स्वतन्त्र मेयरका उम्मेद्वार वालेन्द्र शाह (वालेन) ले लगातार अग्रता लिइरहेका छन् ।

अहिलेसम्म कांग्रेसले २८१ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ४३ स्थानमा अग्रता लिएकाे छ । एमालेले १७६ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने २२ स्थानमा अग्रता लिएकाे छ ।

माओवादी केन्द्रले १११ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।

यसरी नै अन्य दलले २३ स्थानमा विजय हासिल गरेकाे छ भने ११ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १८ स्थानमा जितेकाे छ भने १६ स्थानमा र लाेसपाले ७ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २५५ ठाउँमा जीत र ४६ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १९८ ठाउँमा जीत र ३३ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११८ स्थानमा जीत र ८ स्थानमा अग्रता लिइरहेकाे छ ।

अन्यले १५ जीत र ४ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २० स्थानमा जीत र ३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १८ स्थानमा जीत र १४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ७ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ ।

यता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।

काठमाडाैँ मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २६ हजार ६०१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । केशव स्थापीतले १४ हजार ३८६ र सिर्जना सिंहले १३ हजार ४०१ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले २६ हजार ५७५ मत ल्याएकी छन् ।

उता पाेखरामा एसका धनराज आचार्यले लिड गरेका छन् । उनले २५ हजार २२६ मत ल्याउँदा प्रतिद्वन्दी एमालेका कृष्णबहादुर थापाले २२ हजार १९२ मत ल्याएका छन् ।

यस्तै भरतपुर महानगरमा रेनुकै अग्रता कायम छ । उनले २० हजार ४९२ मत ल्याउँदा एमालेका प्रतिद्वन्दी विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् ।

ललितपुरमा कांग्रेसका चिरीबाबु महर्जन अगाडि छन् । उनले २१ हजार ९७ मत ल्याउँदा एमालेका प्रतिद्वन्दी हरिकृषण व्यञ्जनकारले १२ हजार ३२ मत ल्याएका छन् ।

वीरगन्जमा राजेशमान सिंह जाे जसपाका हुन्, उनले २२ हजार १ मत ल्याएका छन् भने एमालेका विजयकुमार सरावगीले ११ हजार ४२२ मत ल्याएका छन् ।

र विराटनगरमा लगातार कांग्रेसका नागेशले लिड गरिरहेका छन् । उनले २४ हजार ५६३ मत ल्याउँदा प्रतिद्वन्दी एमालेका सागरकुमार थापाले १८ हजार ४१५ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत