वालेन्द्रकाे २१ हजार नाघ्याे, नागेशकाे १८ हजार माथि, भरतपुरमा रेनु मतअन्तर बढाउँदै
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | ०९:५८:०० मा प्रकाशित

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित महानगरमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २१ हजार ८१५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले २० हजार ७४९ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले मतअन्तर बढाएकी छन् । उनले १४ हजार ७६६ मत ल्याउँदा एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ४०९ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ९३७ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले १६ हजार ११३ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ८ हजार २०५ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले १८ हजार ३६३ मत ल्याउँदा एमालेका सागरकुमार थापाले १३ हजार ८२९ मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म कांग्रेसले २४९ स्थानीय तहको अध्यक्ष/प्रमुख जितेर पहिलाे नम्बरमा छ । उपाध्यक्ष/उपमेयरमा पनि उसकै वर्चश्व छ, २२९ स्थानमा जितेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस