महानगर अपडेटः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अगाडि
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ०८:३०:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित महानगरमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा १५ हजार ७७५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले १२ हजार ९४५ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ९ हजार ५४२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ८ हजार ८७ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ११ हजार ९२० मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ९ हजार ७६८ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले ११ हजार ६९९ मत ल्याउँदा एमालेका सागरकुमार थापाले ८ हजार ६५० मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म कांग्रेसले १९१ स्थानीय तहको अध्यक्ष/प्रमुख जितेर पहिलाे नम्बरमा छ । उपाध्यक्ष/उपमेयरमा पनि उसकै वर्चश्व छ, १८६ स्थानमा जितेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस