कांग्रेसले जित्याे १६३, एमाले १०६, माके ७८, अन्य ९, एस ५ र जसपा ४ अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | २०:४६:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १६३ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १४२ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १०६ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १४ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ७८ स्थानमा जितेकाे र ३८ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ५स्थानमा जितेकाे र १६ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ९ स्थानमा विजय हासिल गरेकाे छ भने १९ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ४ स्थानमा जितेकाे छ भने २९ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १५९ ठाउँमा जीत र १२४ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १०५ ठाउँमा जीत र १२५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ७९ स्थानमा जीत र ४५ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ५ जीत र १२ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १२ स्थानमा जीत र ११ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ५ स्थानमा जीत र २३ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस